Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ प्रतिक्रिया र सुझाव प्रतिक्रिया र सुझाव

प्रतिक्रिया र सुझाव

E-mail Print PDF
User Rating: / 2
PoorBest 
Article Index
प्रतिक्रिया र सुझाव
Page 2
Page 3
All Pages

सभासद् थापालाई कारबाही गर

'विद्यालय व्यवस्थापनः सभासद् नै सर्वेसर्वा?'

(शिक्षक साउन, २०६८) स्थलगत रिपोर्टले एनेकपा एमाओवादीका सभासद् हरिलाल थापा नै मुख्य दोषीका रूपमा स्थापित गरेको छ। विद्यालयको मुहार फेर्न दिनरात कडा परिश्रम गर्ने दुर्गा उमावि आलिताल–५, डडेल्धुराका प्रअ प्रतापसिंह धामीलाई उनको काम र योगदानको उच्च मूल्याङ्कन गरेर सम्मान र पुरस्कृत गर्नुको साटो उल्टै सार्वजनिक भेलामा उनलाई जिउँदै जलाइदिने धम्की दिनुले सभासद् थापाको रक्तपिपासा अझै नमेटिएको पुष्टि हुन्छ। युद्धकालमा गोलीको सिकार बन्न बाध्य हामी शिक्षकमाथि आज शान्ति प्रक्रिया चलिरहेको अवस्थामा पनि किन अनेक तनाव र धम्की? शिक्षकको यो विडम्बना कहिले अन्त्य हुने हो? के सभासद् जस्तो व्यक्तिले एक राष्ट्रसेवकलाई दिनुपर्ने उपहार र ढाडस यस्तै डर र धम्की हो?

सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अधिकांश सदस्यहरूले प्रअ धामीको योगदानको चर्चा र प्रशंसा गरिरहेको अवस्थामा सभासद् थापाले पदीय मर्यादा र नैतिकतासमेत गुमाई पूर्वाग्रही ढङ्गबाट एक कुशल नेतृत्वकर्ता तथा राष्ट्रको होनहार व्यक्तिलाई सार्वजनिक स्थलमा गाली–गलौज गर्नु र जिउँदै जलाइदिनेसम्मको धम्की दिनु हदैसम्मको अत्याचार हो। सभासद् थापाको यो व्यवहारबाट दुर्गा उमाविका मात्र नभई देशका सम्पूर्ण शिक्षकलाई असुरक्षा महसुस गराएको छ। यस्तो आचरण भएका सभासद्बाट कस्तो संविधान बन्ला?

सभासद् थापालाई स्वयम् माओवादी पार्टी र सभामुखले समेत कारबाही गरी पीडित शिक्षकलाई न्याय दिलाउनुपर्दछ। अन्यथा, यस्ता मैमत्ता सभासद्बाट माओवादी पार्टी र संविधानसभाको साख दिन दुईगुणा र रात चौगुणा गर्दै घट्ने निश्चित छ। बेलैमा चेतना भया।

मदन अधिकारी

श्री कञ्चनजङ्घा निमावि, मेनपा–१३, सालघारी (झापा)



Add comment