•फलामे ढोकाको नामले प्रसिद्ध थियो एसएलसी
• प्लाइको ढोका सरी पनि रहेन एसएलसी
• स्कूले शिक्षाको अन्तिम पडाव थियो एसएलसी
• गुणन, भाग सिकाइको उद्गमबिन्दु भयो एसएलसी
• मेहनत र तयारीको पर्याय थियो एसएलसी
• गेसपेपर बेचिने मौसम मात्र भयो एसएलसी
• इक्का दुक्का उत्तीर्ण हुने मर्यादित थियो एसएलसी
• प्रथम श्रेणी उत्पादन गर्ने मेसिन भयो एसएलसी
• रोजगारी र उच्च शिक्षाको आधार थियो एसएलसी
• साक्षरता दर वृद्धिको पूरक मात्र भयो एसएलसी
• 'स्कूल लिभिङ सर्टिफिकेट' थियो एसएलसी
• सारेर लेख्ने 'कम्पिटिसन' भयो एसएलसी
• भविष्य तय गर्ने कसी थियो एसएलसी
• वर्तमान तय गर्ने कसी समेत रहेन एसएलसी
एसएलसीको पुरानै ख्याति प्राप्त गर्ने कसरी?
कडा नीति, नियम र अनुगमनको लगाम कसौं बेस्सरी!
•भूतकाल
• वर्तमान
केशव सिंह तिंकरी
धारीवाटर मावि, धारी, दार्चुला
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


