Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ मनका कुरा प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

E-mail Print PDF
User Rating: / 1
PoorBest 
Article Index
प्रश्नै प्रश्न
Page 2
All Pages

-जागेश्वर भुसाल

शिक्षा विकासको मूल हो? समृद्धि हो? सर्वस्व हो? शिक्षा विकासको बिरुवा हो?

जरा, हाँगा, पात, फूल, फल, सबै हो? त्यसो भए यो बहुमूल्य शिक्षा कुन रूपमा दिने? निःशुल्क? सशुल्क? सर्वसुलभ? लेनदेनको कारोबार कसरी मिलाउने? जनता कस्तो शिक्षा चाहन्छन्? सडकमा गिट्टी फोडेर पेटमा  धरो कसी–कसी आफ्ना बच्चा किन बोर्डिङमा पढ्न पठाउँछन्? एक टोकरी तरकारी, एक घोगा मकै, नाङ्ले पसलमा खुद्रा सामान बेचेर पनि बोर्डिङ स्कूलमा पठाउने रहर कि बाध्यता हो? फेसन हो? हल्ला, ठगी हो? शिक्षाको व्यापार हो? वा आफ्नो बच्चाको सुन्दर भविष्यको लागि खर्च गर्ने रहर हो? कसले खोजी गर्ने? किन खोजी गर्ने? कि यो छताछुल्ल दृश्य कसैले देखेको छैन? सरकार सञ्चालित विद्यालयहरू किन रित्तिँदै छन्? के कमी भयो? शिक्षक छैनन्? भवन छैन? खेल मैदान, फर्निचर के छैन? कसको कमजोरी हो? शिक्षा नीतिकै प्रश्न? सरकारी लगानीकै प्रश्न? प्रश्नै प्रश्न? के त यी प्रश्नमा उत्तर छ? उत्तर दिने को हो? शिक्षक, अभिभावक, विद्यार्थी, नेता, कर्मचारी, व्यापारी, कृषक, मजदुर, सरकार? को को सुधि्रनुपर्ने? के सुधारिनुपर्ने? संस्कृति, राजनीति, बानी, सोच, धर्म, कर्म?

निजी संस्थाहरूको शिक्षा किन सबैको रोजाइ भयो? किन्न पाएर? बेच्न पाएर? रोजगारमूलक भएर? कार्यमूलक भएर? अङ्गे्रजी प्रयोग हुने भएर? स्तरीय? देखावटी? विदेश जान सजिलो? आधुनिक? के के भएर? लामो इतिहास बोकेको सरकार सञ्चालित शिक्षाले किन जनताको साथ पाउन सकेन? यो अमूल्य शिक्षा किन मर्ने न मोटाउने भयो? निःशुल्क दिनु गलत हो? वा स्तर गिर्नु गलत हो? त्यसो हो भने अब किनबेच तर्फ नै लैजाने त? विकास फलाउने विरुबा बेच्ने? किन्ने? कसले बेच्ने? कसले किन्ने? जरा बेच्ने? काण्ड, पात, फूल, फल, सबै बेच्ने? कस्तो कस्तो रूपमा बेच्ने? उत्तरपुस्तिकाको रूपमा? पाठ्यपुस्तक, छपाइ खर्च, फर्निचर, सर्टिफिकेट, खाजा खर्च, ट्युसन, खेल मैदान, पौडी पोखरी आदि अनेक रूपमा? कहाँ कहाँ बेच्ने? बोर्डिङहरूमा? पुस्तक पसलहरूमा? कोचिङ सेन्टरहरूमा? कसले कति कमायो? लेखाजोखा? अडिटिङ? पसलमा राखिएको शिक्षा कुन स्तरको  छ? देखावटी? आकर्षक? बुर्जुवा? रोजगारमुखी? विदेश पठाउने? बेरोजगारको जमात बढाउने? गफ गर्न सिकाउने? धूर्त राजनीतिज्ञ? बाठो? भ्रष्ट संस्कृति सिकाउने? कस्तो शिक्षा बेचिँदैछ? विदेशको श्रमबजारमा बिक्ने शिक्षा? हामीसँग के सीप छ? कुन स्तरको काम गर्न सकिन्छ? स्वदेशमै कामको निर्माण गर्न सकिन्छ? सर्टिफिकेट देखाउने वा काम देखाउने शिक्षा? रोइकराइ गरेर भीख माग्ने शिक्षा? नेपाली कान्छा हुने शिक्षा? कहाँ काम गर्ने? भान्छा? बेडरुम? खेतबारी? अफिस? सडक? ट्वाइलेट? के चलाउने? कलम, मेशिनगन, कार, संस्था, राष्ट्र? के यी सबै यक्ष प्रश्न होइनन्? नेताहरूलाई निःशुल्क शिक्षा चाहियो? व्यापारीहरूलाई सशुल्क? र जनतालाई ....?



Add comment