Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ जिज्ञासा र जवाफ

जिज्ञासा र जवाफ

जिज्ञासा र जवाफ

E-mail Print PDF
User Rating: / 8
PoorBest 

भिन्नता नै छैन के देखाउने?

कक्षा ४ को अङ्ग्रेजी पाठ्यपुस्तक (जशिसाके) को पृष्ठ २३

जिज्ञासा र जवाफ

E-mail Print PDF
User Rating: / 6
PoorBest 

रुब्रिक्स विधिसम्बन्धी जिज्ञासा राख्नुभएका भोजपुर, ओख्रेस्थित पञ्चकन्या प्राविका शिक्षक दिव्यराज सुवेदीलाई शिक्षक को एघारौं अङ्क, फागुन, २०६५ को पृष्ठ ५४ (वेबसाइट www.teacher.org.np हेर्नुहुन अनुरोध छ। – सं.

गोलाको क्षेत्रफल कसरी निकाल्ने?

गोला (sphere) को सतह क्षेत्रफल पत्ता लगाउने सूत्र 4 Πr2 (R= अर्धव्यास/Radius) प्रयोगद्वारा प्रमाणित गर्ने विधिहरू के–के हुनसक्छन्?

सीताराम बस्नेत

शिक्षक, सोलुखुम्बु

एउटा गोलो जुनार या कागती लिनुहोस्। त्यसलाई सेतो कागजमाथि राखेर त्यसको आधारले ढाकेको भागलाई सिसाकलमले (सँगैको चित्रमा जस्तै) क्रमशः चार वटा घेरा बनाउनुहोस्। त्यसपछि जुनार या कागतीको बोक्रा विस्तारै झिकेर ती खिचिएका घेराभित्र ढाक्दै जानुहोस्। सबै बोक्रा राखिसक्दा चारओटै घेरा ढाकिइसकेका हुनेछन्। अब, एउटा घेराको सतहको क्षेत्रफल Π r2 हुने हुँदा चारओटा उस्तै सतहहरूको क्षेत्रफल4 Πr2 हुने निष्कर्षमा पुग्न सकिन्छ।

रामचन्द्र पौडेल

प्राविधिक अधिकृत

शैक्षिक जनशक्ति विकास केन्द्र

अनुरोधः यस स्तम्भमा शिक्षक मित्रहरूले जान्न चाहेका ज्ञान–विज्ञानसम्बन्धी कुरा, स्कूलमा सामना गर्नुपरेका शैक्षिक र प्रशासनिक समस्या, चुनौती वा जटिलताको आधिकारिक जवाफ पहिल्याएर प्रकाशित गरिनेछ। – सम्पादक

अनुरोधः यस स्तम्भमा शिक्षक मित्रहरूले ज्ञान–विज्ञान सम्बन्धी र कक्षाकोठामा सामना गर्नुपरेका समस्यालाई प्राथमिकता दिनुहोला भन्ने हाम्रो अपेक्षा छ। एकपटक प्रकाशित भइसकेका जवाफसँग मिल्ने किसिमका जिज्ञासा आएमा दोहोर्‍याएर त्यसको जवाफ खोज्न हामी असमर्थ हुनेछौं। साथै, कतिपय जिज्ञासाको जवाफ लेख/समाचार आदिमा आइसकेको भए त्यसैलाई आधार मानिदिनुहोला।

शिक्षकलाई किन विभेद?

निजामती कर्मचारीको हकमा दुर्गम भत्ता पाउने गरी तोकिएका जिल्ला र क्षेत्र बढी ('क'देखि 'ङ' वर्ग) देखिन्छन्, त्यो अनुपातमा शिक्षकका निम्ति निर्धारित दुर्गम क्षेत्र थोरै ('क' र 'ख'वर्ग) छन्। राज्य कोषबाटै तलब खाने शिक्षक र कर्मचारीमा सरकारले यसरी विभेद गर्न मिल्छ?

जगतबहादुर लामा

भूमेश्वरी मावि, सुनखानी–२, सिन्धुपाल्चोक

युवराज खत्री

शङ्खेश्वरी मावि, वाराहापोखरी, खोटाङ

 शिक्षकको दुर्गम भत्ताका निम्ति पुरानै मापदण्ड अर्थात् 'क' र 'ख' वर्गमा तोकिएको जिल्ला र गाविसलाई आधार मानेर दुर्गम भत्ता दिइएको हो। त्यही आधारमा दुर्गम भत्ताको दर चाहिँ बढाइयो, तर दुर्गम क्षेत्र समेटिने जिल्लालाई चाहिँ विस्तार गर्न सकिएन। त्यही कारणले कर्मचारी र शिक्षकको दुर्गम क्षेत्र फरक–फरक कायम भएको हो।

जनार्दन नेपाल

सहसचिव, शिक्षा मन्त्रालय

असाधारण बिदाले असर पार्ला?

म २०३३ सालमा स्थायी भई का.स.मु.का आधारमा २०५४ सालमा प्राथमिक द्वितीय श्रेणीमा बढुवा भएको शिक्षक हुँ। मेरो शैक्षिक योग्यता एसएलसी हो। मैले असाधारण बिदा पनि लिएको छु। समयबद्ध बढुवाका निम्ति तोकिएको सेवा वर्षमा असाधारण बिदाको अवधि गणना हुन्छ कि हुँदैन?

कुलदेव कुरुम्बाङ, हाङबुङ–१, पाँचथर

 असाधारण बिदा लिइएको अवधिलाई कुल सेवा अवधिभित्र गणना गरिँदैन। (हे. शिक्षा नियमावली, नियम ११४(घ)

गुणराज पोखरेल

उपसचिव, शिक्षक सेवा आयोग

सामाजिकमा सबैले पाउँछन्

शिक्षक सेवा आयोगले गर्ने खुला विज्ञापनमा निमावि र मावि तहको सामाजिक शिक्षा विषयका लागि कुन विषय पढेका व्यक्तिले आवेदन दिन पाउँछ?

तिलकबहादुर बटाला

मुसीकोट खलङ्गा बहुमुखी क्याम्पस, रुकुम

शिक्षक सेवा आयोग नियमावलीमा सामाजिक विषयका निम्ति विषयगत योग्यता नतोकिएको हुँदा जुनसुकै विषयमा प्रमाणपत्र र स्नातक तहको योग्यता भएका व्यक्तिले क्रमशः निमावि र मावि तहको शिक्षक पदका लागि आवेदन दिन सक्नेछन्। तर, शिक्षण अनुमतिपत्र चाहिँ अनिवार्य छ।

पदमप्रसाद खरेल

उपसचिव, शिक्षक सेवा आयोग

तालिम लिने ठाउँ पाइएन

अस्थायी अध्यापन अनुमतिपत्र लिएका शिक्षकलाई दुई वर्षभित्र शिक्षाशास्त्रको कोर्स नगरे वा तालिम नलिएमा अनुमतिपत्र रद्द गर्ने व्यवस्था छ। शैक्षिक जनशक्ति विकास केन्द्रले त्रिवि/शिक्षाशास्त्र संकाय अन्तर्गतका क्याम्पसमा शिक्षक तयारी कोर्स(तालिम)को व्यवस्था गरिएको बताउँदै आएको छ। तर, ती क्याम्पसमा बुझदा तीनवर्षे र एकवर्षे बी.एड. बाहेक अन्य तालिमको व्यवस्था नभएको पाइयो। अब हामीले कहाँबाट तालिम पाउने?

राजकुमार मोक्तान

सुन्दरीदेवी मावि, आग्रा, मकवानपुर

भीमकान्त यादव, बलबहादुर साह

शङ्कर निमावि, खरदरिया, देउखुरी, दाङ

 शिक्षाशास्त्र बाहेक अन्य विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएकाहरूलाई महेन्द्ररत्न क्याम्पस, काठमाडौं र गोरखा शिक्षा क्याम्पसमा एकवर्षे 'शिक्षक तयारी कोर्स'को व्यवस्था मिलाइएको छ। यो कोर्सलाई तीनवर्षे बी.एड.को पहिलो वर्षमा राखिएको छ। पहिलो वर्षको कोर्स पूरा गरेपछि त्यसैका आधारमा 'तालिम प्रमाणपत्र' दिइन्छ। विद्यार्थीले पहिलो वर्षको तालिम कोर्स पूरा गरेर आफ्नो पढाइलाई बी.एड. तेस्रो वर्षसम्म विस्तार गर्न पनि सक्नेछन्। माध्यमिक तहका लागि भने एकवर्षे बी.एड. नै गर्नुपर्ने हुन्छ।

प्रा.डा. प्रकाशमान श्रेष्ठ

डीन, शिक्षाशास्त्र संकाय, त्रिवि

बढुवा कसरी गरिएला?

दाङमा मा.शि. प्रथम श्रेणीका चार दरबन्दी छन्। पहिलोपटक उक्त दरबन्दीमा तीन जना फाइल र एक जना आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति भएको थियो। उक्त पदमा पहिलोपल्ट नियुक्त भएका चारैजना शिक्षकले अवकाश लिइसकेका छन्। उनीहरूको अवकाशपछि रिक्त पदमा तीन जना शिक्षक विभिन्न मितिमा फाइल बढुवा भइसकेका छन् भने एउटा पदमा पदपूर्ति हुन बाँकी छ। अब उक्त पदमा फाइल बढुवाबाट पदपूर्ति गरिन्छ कि आन्तरिक प्रतिस्पर्धाबाट?

भरत बस्नेत

उमावि तुलसीपुर, दाङ

बढुवाका लागि एउटा मात्रै पद रिक्त रहेको अवस्थामा कार्यसम्पादन मूल्याङ्कन (फाइल बढुवा)का आधारमा पदपूर्ति गरिन्छ।

गुणराज पोखरेल

उपसचिव, शिक्षक सेवा आयोग

लेखापालको योग्यता कति?

सामुदायिक विद्यालयमा नियुक्त गरिने लेखापालको न्यूनतम शैक्षिक योग्यता र उमेरको हद कति हुन्छ?

सोमप्रसाद दाहाल

शिक्षासदन उमावि, बनेपा–५, काभ्रे

 सामुदायिक विद्यालयमा लेखापाल र अन्य कर्मचारीको नियुक्ति गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाई नै छ। समितिले आन्तरिक कार्यविधि बनाएर ती कर्मचारी नियुक्त गर्न सक्ने भएकाले शिक्षा मन्त्रालयले न्यूनतम शैक्षिक योग्यता र उमेरको हद तोकेको छैन।

विदुरराज गिरी

उपसचिव, शिक्षा मन्त्रालय

'विशेष'को परीक्षा कहिले हुन्छ?

म उच्चमाध्यमिक शिक्षा परिषद्द्वारा गत वर्ष सञ्चालित कक्षा १२ को विशेष परीक्षामा एक विषयमा अनुत्तीर्ण भएको थिएँ। त्यसका लागि मैले परीक्षा फर्म पनि भरिसकेको छु। तर, अहिलेसम्म परीक्षाको तालिका प्रकाशित भएको छैन। कहिले हुन्छ यो परीक्षा?

सोमराज न्यौपाने

अमृत निमावि, श्याम्घा–५, तनहुँ

पहिलो चरणका आंशिक र दोस्रो चरणका नियमित परीक्षार्थीहरूका निम्ति एकैसाथ परीक्षा लिइनेछ। जिल्लास्थित कार्यालयहरूबाट नियमित परीक्षार्थीको आवेदन फारम सङ्कलन भइरहेको छ। उक्त विवरण आउनासाथ परीक्षाको तालिका निकालिनेछ। आउँदो असोजको दोस्रो साताभित्रै विशेष परीक्षा लिने परिषद्को योजना छ।

दुर्गाप्रसाद अर्याल

कामु परीक्षा नियन्त्रक, उमाशि परिषद्

योग्यता बढाउनुपर्ला?

म २०६१/२/१२ गते प्राथमिक तृतीय श्रेणीमा स्थायी नियुक्ति पाएको शिक्षक हुँ। विद्यालय क्षेत्र सुधार योजना अनुसार, आधारभूत तह(कक्षा १–८)का लागि आई.एड. गर्नुपर्ने सुनिन्छ। मैले २०४६ सालमै बी.कम. पूरा गरिसकेको छु। अब मैले फेरि आई.एड. गर्नुपर्ला र?

मधुसूदन सिग्देल

कान्ति मावि, ठिङ्गन–३, मकवानपुर

आई.एड. बाहेकका प्रमाणपत्र तह उत्तीर्ण गरी दशमहिने तालिम लिएका शिक्षकलाई आई.एड. सरहकै मान्यता दिने सोचाइ शैक्षिक जनशक्ति विकास केन्द्रले राखेको छ। तथापि यसमा ठोस निर्णय चाहिँ भइसकेको छैन। तर, तालिम नलिएका शिक्षकले चाहिँ तालिम लिनुपर्ने वा आई.एड. पूरा गर्नुपर्ने हुन्छ।

शिवकुमार सापकोटा

उपनिर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र