Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ हेराइ र बुझाई

हेराइ र बुझाई

शङ्कालु आँखा

E-mail Print PDF
User Rating: / 8
PoorBest 

एक जना बूढो मानिसको घरबाट बन्चरो हरायो। अघिल्लो दिन दाउरा चिरेर राखेको ठाउँबाट एकाएक बन्चरो हराउँदा उनलाई छिमेकको केटाप्रति शङ्का लाग्यो। किनभने; त्यसबेला छरछिमेकमा त्यो केटो बाहेक अर्को कोही देखिएको थिएन।

यो अङ्क ज्योतिष होइन

E-mail Print PDF
User Rating: / 3
PoorBest 

अङ्क ज्योतिषले अङ्कको गणना गर्छ। यो विधाले मानिसको नामदेखि अनेक कुराको मान अङ्कमा निकालेर कसलाई के राम्रो वा नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्छ। यहाँ पनि शब्दको मान अङ्कमा दिइएको छ तर यो चाहिँ ज्योतिष होइन।

पहिले एउटा प्रश्न;

ज्ञान, कठोर परिश्रम, प्रेम, भाग्य र प्रवृत्ति/व्यहोरामा सबभन्दा ठूलो के हो?

अङ्ग्रेजीका A देखि Z सम्मका अक्षरको स्थानमान क्रमशः १ देखि २६ सम्म राखेर यी शब्दको कुल मानफल हेरौँ

कठोर परिश्रम अर्थात् Hard Work को मान यस्तो हुन आउँछ H+A+R+D+W+O+R+K=8+1+18+4+23+15+18+11=98%

यसरी नै हिसाब गर्दा ज्ञानको मान K+N+O+W+L+E+D+G+E=11+14+15+23+12+5+4+7+5=96% .

प्रेम (Love) ले संसार धान्छ भनिन्छ तर प्रेमको मात्र मान निकै कम हुन्छ L+O+V+E=12+15+22+5=54%

'भाग्य' (Luck) एक्लैले त सयको आधा नम्बर पनि पाउँदैन, L+U+C+K=12+21+3+11=47%

त्यसो भए सबभन्दा महत्वपूर्ण के हो त? अरू केही शब्दको मान आफैँ हेर्न सकिन्छ। के पैसा (Money) हो त? कि धनसम्पत्ति (Wealth) कि नेतृत्व (Leadership) सबै समस्याको समाधान हुन्छ यदि हाम्रो प्रवृत्ति ठीक छ भने। प्रवृत्तिलाई अङ्ग्रेजीमा Attitude भनिन्छ। संयोगवश, यसको अङ्कमान सयमा सय नै हुन्छ।

A+T+T+I+T+U+D+E=20+20+9+20+21+4+5=100

सबैले बुझने भाषामा यसलाई व्यक्तिको व्यहोरा भने पनि हुन्छ। कसैले फुइँ दियो भने पनि अङ्ग्रेजीमा Attitude प्रदर्शन गरेको मानिन्छ।

अङ्कले देखाएको कुरा हो। तैपनि; समस्या समाधानतिर नै अघि बढ्ने हो भने प्रवृत्तिमै सुधार हुनुपर्ने रहेछ।

क्षमता र सीमा

E-mail Print PDF
User Rating: / 2
PoorBest 

एउटा गधा दाउराको भारी बोकेर खोलो तर्दैथियो। अचानक खुट्टा चिप्लिएर ऊ पानीमा पल्ट्यो। गह्रुँगो भारीले गर्दा उठ्न नसकेपछि ऊ बेस्सरी चिच्याउन थाल्यो।

प्राथमिकता के हो ?

E-mail Print PDF
User Rating: / 4
PoorBest 

kathaएकदिन केही गृहस्थहरूले एकजना महात्मासँग 'जीवनमा सबभन्दा ठूलो प्राथमिकता केलाई दिने' भन्ने प्रश्न गरे। महात्माले भने 'सबभन्दा ठूला कुरालाई पहिलो प्राथमिकता दिने, अलि सानालाई दोस्रो र यसैगरी सबैभन्दा सानालाई सबभन्दा पछि राख्ने।'