Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ दृष्टिकोण गुणस्तर सुधार:'स्थायित्व' र 'सिकाइ'बीचको यात्रा

गुणस्तर सुधार:'स्थायित्व' र 'सिकाइ'बीचको यात्रा

E-mail Print PDF
User Rating: / 0
PoorBest 

-तुलसी थपलियाtulasi_thapaliya

'गर्दै–सिक्दै' प्रक्रियाले नै मानव सभ्यतालाई अगाडि तान्दोरहेछ। यसको आशय हो– हाम्रो सिकाइको ठूलो हिस्सा अनुभवमा आधारित हुँदोरहेछ। आफ्ना आवश्यकता पूरा गर्ने वा परेका समस्या समाधान गर्ने क्रममा गरिएका अनुभवलाई सङ्गृहीत गर्ने, अर्को त्यस्तै सन्दर्भमा उपयोग गर्ने र प्रसार गर्ने जस्ता प्रक्रियाले सिकाइलाई अझ परिस्कृत गर्न सहयोग पुर्‍याउँदोरहेछ। यस्तो हुन सकेन भने सिकाइको गोलचक्करमा फसिने र अझ उन्नत स्तरमा प्रवेश गर्ने सम्भावना सीमित हुने अवस्था आउँदोरहेछ। सिकाइको उन्नयन सम्बन्धी यो सामान्य प्रक्रिया शिक्षाको गुणस्तर सुधारका सन्दर्भमा पनि उही रूपमा उपयोग गर्न सकिने रहेछ।

अनुभवबाट आर्जित एउटा तहको सिकाइलाई स्तरीकरण गरी सबैले मान्न सक्ने स्वरुप दिने कार्य उत्तिकै महत्त्वपूर्ण हुनेरहेछ। यो प्रक्रियाबाट आर्जित ज्ञानको मानकीकरण गरी स्थायित्व प्राप्त हुने र विद्यमान अभ्यासहरूको लेखाजोखा गर्न आधार समेत प्राप्त हुनेरहेछ। यसरी सर्वस्वीकार्य भइसकेपछिपछि त्यही ज्ञानले हाम्रा अभ्यासहरूमा कसी लाउने मानकको काम गर्दोरहेछ र हामी त्यसको विशिष्ट चरित्र (specification) मार्फत नै गुणस्तरलाई परिभाषित गर्न प्रयत्न गर्दारहेछौं। त्यसैले crossby ले गुणस्तरलाई 'conformance to specification' र 'defect avoidance in education process' को अर्थमा; Juran ले fitness for purpose को अर्थमा अनि Deming ले 'Uniformity and dependability' को अर्थमा वयान गरेका रहेछन्। यस्तो परिभाषालाई 'प्राविधिक' अर्थमा बुझन थालियो। पाठ्यक्रम, शैक्षणिक दिन वा विद्यालय घण्टा वा शिक्षकको योग्यतालगायत शैक्षणिक विधि जस्ता प्रक्रियागत पक्षबारे हाम्रा ज्ञानले यसरी नै स्थायित्व प्राप्त गर्दै आएका छन्। ती मानक र स्तरको परिपालना यकिन गर्न जाँचबुझ, लेखाजोखा गर्न अनुगमन, निरीक्षण र बाह्य परीक्षण (Audit) जस्ता उपायहरू अवलम्बन गर्न थालिएको छ। हाम्रो सन्दर्भमा; भर्खरै स्थापित गुणस्तर परीक्षण केन्द्र (Education Review Office) लाई समेत यसै सन्दर्भमा बुझन सकिन्छ।tulasi_thapaliya-graph

यसप्रकार पहिलो खम्बाले के खोज्ने (What to look for) भन्ने प्रश्नमार्फत गुणस्तर कायम गर्न आधार दिन खोज्दोरहेछ। तर, एकपटक मान्यता प्राप्त गर्दैमा त्यो ज्ञान अकाट्य हुँदोरहेनछ, बरु त्यसले माथिल्लो चरणमा पाइला टेक्न एउटा सिँढीको मात्र काम गर्दोरहेछ; परिमार्जन र सुधारको सन्दर्भमा कसरी सुधार गर्ने (How to improve) भन्ने प्रश्नलाई खोतल्ने लचकता पनि छोड्दोरहेछ। यस खम्बाले 'अपेक्षा'को गतिशीलतालाई स्वीकार गर्दै गुणस्तरलाई उपभोक्ताको आवश्यकता र अपेक्षाको सापेक्षतामा व्यक्त गर्ने तर्फ जोड दिनेरहेछ।

'स्तरीकरण'को खम्बाको चरित्रको ठीक विपरित सुधारको खम्बाले 'लचकता', 'स्वायत्तता' जस्ता विशेषतालाई जोड दिएर 'PDCA(Plan,Do,Check,Act) मार्फत निश्चित गन्तव्य भन्दा पनि निरन्तर सुधारका अर्थमा गुणस्तरलाई व्यक्त गर्छ। यो सन्दर्भमा पूर्वनिर्धारित विशिष्टता र मापदण्डको पालना मात्र पर्याप्त हुँदैन। : Mortimore ले भनेझैं गुणस्तरलाई कुनै स्तर (standard) भेट्टाउनभन्दा पनि वर्तमानको स्तरमा मूल्य थप्ने (Value addition) निरन्तर प्रयत्नका अर्थमा बुझन थालियो। अनि गुणस्तर सिर्जना (innovation) गर्ने तागतसँग गाँसिन पुग्यो; गल्ती गर्न नडराउने मात्र होइन जोखिम लिन 'प्रोत्साहन' गर्ने जस्ता चरित्रले विशेष महत्त्व पाउन थाले। गुणस्तर सुधारका सन्दर्भमा सिकाइमूलक सङ्गठन (learning organization) विकेन्द्रित व्यवस्थापन र Quality Circle,Total Quality Management जस्ता अवधारणाको विकासलाई यसै सन्दर्भमा हेर्न सकिन्छ। स्तरीकरणको खम्बाले दिएको आधारलाई टेक्दै सिकाइलाई अझ उन्नत बनाउन 'सिकाइ' खम्बाले थाँक्रोको काम गर्दोरहेछ।

यसरी गुणस्तरका सन्दर्भमा स्तरीकरण र मानकको आफ्नै महत्त्व हुँदोरहेछ र यसले व्यवस्थापकलाई लेखाजोखा गर्न आधार दिएर स्थायित्व प्रदान गर्दोरहेछ। साथै यो एउटा सापेक्षिक अवधारणा भएका कारण एउटा सन्दर्भमा बनेको गुणस्तरको मानक अर्को सन्दर्भमा बेकम्मा ठहरिन सक्ने रहेछ। अर्थात् निश्चित गन्तव्य भन्दा पनि यो एउटा निरन्तर उन्नत अवस्थामा पुग्न गरिने प्रयत्न र अभ्यास रहेछ। त्यसो भन्यौं भने फरक–फरक अवस्थामा रहेका व्यक्ति वा संस्थालाई गुणस्तरको मापोले आफूलाई उत्प्रेरित राख्ने गतिशील लक्ष्य प्रदान गर्न सक्ने रहेछन्। तसर्थ गुणस्तरलाई गतिशील अर्थमा बुझने हो भने यसलाई स्तरीयता (standard) र सिकाइ (learning) गरी दुई खम्बाबीचको निरन्तर यात्राका अर्थमा अर्थ लगाउन उपयुक्त हुने देखिन्छ।


Add comment