-अजय दीक्षित
साउनको दोस्रो सातातिर काठमाडौँबाट प्रकाशित एक अङ्ग्रेजी
-अजय दीक्षित
साउनको दोस्रो सातातिर काठमाडौँबाट प्रकाशित एक अङ्ग्रेजी
-तुलसी थपलिया
'गर्दै–सिक्दै' प्रक्रियाले नै मानव सभ्यतालाई अगाडि तान्दोरहेछ। यसको आशय हो– हाम्रो सिकाइको ठूलो हिस्सा अनुभवमा आधारित हुँदोरहेछ। आफ्ना आवश्यकता पूरा गर्ने वा परेका समस्या समाधान गर्ने क्रममा गरिएका अनुभवलाई सङ्गृहीत गर्ने, अर्को त्यस्तै सन्दर्भमा उपयोग गर्ने र प्रसार गर्ने जस्ता प्रक्रियाले सिकाइलाई अझ परिस्कृत गर्न सहयोग पुर्याउँदोरहेछ। यस्तो हुन सकेन भने सिकाइको गोलचक्करमा फसिने र अझ उन्नत स्तरमा प्रवेश गर्ने सम्भावना सीमित हुने अवस्था आउँदोरहेछ। सिकाइको उन्नयन सम्बन्धी यो सामान्य प्रक्रिया शिक्षाको गुणस्तर सुधारका सन्दर्भमा पनि उही रूपमा उपयोग गर्न सकिने रहेछ।
-गुणराज लोहनी
६असारमा सार्वजनिक एसएलसी परीक्षाको परिणामबारे विभिन्न विचार र तर्कहरू बाहिर आउन थालेका छन्। यो क्रम अरू केही साता चलेर विस्तारै हराउँदै जान्छ। अर्को वर्ष पनि एसएलसीको नतिजा सार्वजनिक हुँदा यसरी नै बहस चल्ला। अघिपछि कुनै चासो नदिने अनि बितेपछि चाहिँ 'जा!' भन्ने प्रवृत्ति हाम्रानिम्ति परिचायक जस्तै बनेको छ।
विद्यालय शिक्षाको अन्तिम मापनको आधार एसएलसीलाई मानिएको छ। तर, एसएलसी उत्तीर्ण भइसक्दा विद्यार्थीले प्राप्त गर्नुपर्ने योग्यता, दक्षता र क्षमता कस्तो हुनुपर्ने हो भन्ने स्पष्ट छैन। विद्यार्थीले एसएलसीमा कुन श्रेणी ल्यायो भन्ने कुराले मात्र महत्त्व राख्ने गरेको छ। उसले के सिक्यो, सिकेको सीपलाई बाँकी जीवनमा कसरी लागू गर्यो भन्ने कुराको खोजी गरिँदैन। त्यसैले एसएलसीको परिणामपछि गरिने प्रचारात्मक र निष्कर्षविहीन बहसको कुनै तुक छैन।