Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ विषय-सन्दर्भ समीक्षात्मक चिन्तनले बनाउँछ सिर्जनशील

समीक्षात्मक चिन्तनले बनाउँछ सिर्जनशील

E-mail Print PDF
User Rating: / 4
PoorBest 
Article Index
समीक्षात्मक चिन्तनले बनाउँछ सिर्जनशील
Page 2
All Pages

-केदार शर्मा

शिक्षक मासिकका यस पटकका प्रमुख लेखहरू समीक्षात्मक चिन्तन (Critical Thinking) मा केन्द्रित छन्।

मानिसको व्यक्तित्वलाई गरिमा र सार्थकता प्रदान गर्ने दुईवटा महत्त्वपूर्ण पक्षहरूमा एउटा हो सिर्जनशीलता र अर्को समीक्षात्मकता।

सामान्यतया सिर्जनालाई हृदयको र समीक्षालाई मस्तिष्कको उपज मानिन्छ। तर यिनको प्रवृत्तिमा एउटा साझा कुरा भने अवश्य छ– त्यो हो भिन्न दृष्टिकोण। दृष्टिकोणमा भिन्नता या मौलिकता छैन भने व्यक्ति न त सिर्जनशील हुनसक्छ न त समीक्षात्मक नै।

सिर्जनशीलताको परिभाषा सजिलो छ– “केही नयाँ र महत्त्वपूर्ण कुराको सिर्जना गर्नु नै सिर्जनशीलता हो।” त्यो नयाँ कुरा कुनै समस्याको समाधान (देशलाई स्वतन्त्र बनाउने रणनीति वा गुरुत्वाकर्षणको सिद्धान्त वा कुनै औषधि पत्ता लगाउने काम) हुनसक्छ; कुनै वस्तुको आविष्कार वा विकास हुनसक्छ वा कला, साहित्य, सङ्गीत वा रमाइलो ठट्टा– जे पनि हुनसक्छ। नयाँ र अरूले नगरेको काम भए मात्र सिर्जना हो, अर्काले गरिसकेको कुरा मात्र भए अनुकरण हो। कुनै काम नयाँ मात्र भएर पुग्दैन, त्यो सार्थक पनि हुनुपर्छ। समाजले त्यसबाट केही न केही पाउनुपर्छ। एउटा खुट्टामा उभिने वा तीन दिन तीन रात बोलिरहने जस्ता समाजलाई केही फरक नपर्ने काम गरेर विश्व कीर्तिमान बनाउनु लहड वा सनक हुनसक्छ, सिर्जनशीलता होइन।

धेरै मानिसहरू सिर्जनाको स्रोत प्रतिभा हो र प्रतिभा जन्मजात हुन्छ भन्नेमा विश्वास गर्छन्। कसैले बाहिरबाट प्रतिभा थोपर्न सक्दैन। यो विचारका पक्षधरहरू भन्छन्, “लक्ष्मीप्रसाद देवकोटालाई शिक्षकले वा उनका आमाबाबुले कविता लेख्न सिकाएको भए उनका अरू दाजुभाइ वा उनका अरू सहपाठीलाई पनि त सिकाउँथे होलान् नि!” यो भाग्यवादी सोचाइ त हो नै यसले सिर्जनशील व्यक्तिहरूका बारेमा पनि गहिरो जानकारी राख्न प्रेरित गर्दैन। यस्तो कुरा मान्ने हो भने जे छ त्यसैमा चित्त बुझाएर बसे हुन्छ। समाजलाई बदल्ने मानिसहरू जन्माउनमा शिक्षक, अभिभावक र समाजको कुनै भूमिका हुन्छ भन्ने कुरा नमान्ने हो भने तपाईं–हामी कसैको पनि पेशागत उपयोगिता समाप्त हुन्छ। शिक्षा प्रणाली र शिक्षक–अभिभावकहरूमा प्रतिभा चिन्ने र त्यसलाई चम्काउने क्षमता भएको भए अहिलेभन्दा धेरै प्रतिभाशाली व्यक्तिहरू समाजमा चम्किइरहेका हुनेथिए होलान् र मानव समाज अहिलेभन्दा सुखी र समृद्ध हुनसक्थ्यो होला पनि त भन्न सकिन्छ नि!

सिर्जनशील व्यक्तिहरूको जीवनीको अध्ययन गर्दा उनीहरूमा प्रचुर मात्रामा समीक्षात्मक दृष्टिकोण रहेको पाइन्छ। उनीहरू समाजप्रति गहिरो चासो राख्छन् र आफ्ना कारणले धेरै मानिसहरूलाई फाइदा होस् भन्ने चाहन्छन्। उनीहरूमा एकदमै धेरै उत्सुकता हुन्छ, प्रश्न गरेर थाक्दैनन्। उनीहरू अरूलाई मात्र प्रश्न गर्ने होइनन्, आफ्नै कामसित पनि सितिमिति सन्तुष्ट हुँदैनन्। उनीहरू अन्याय सहँदैनन् तर त्यसको प्रतिकारमा अहिंस्रक विधिहरू नै अपनाउँछन्। उनीहरू जहिले पनि, जेको पनि विकल्पको खोजीमा हुन्छन् र परम्पराका निरर्थक पर्खाल भत्काउन पाउँदा एकदमै रमाउँछन्। उनीहरू स्वतन्त्रताका पक्षधर हुन्छन्। उनीहरू गरिखानका लागि काम गर्दैनन्, बरु आफूलाई मन लागेको कुरा गरिछाड्नका लागि भने भोकै बस्नदेखि लिएर धेरै लामो तपस्या र साधना गर्न पनि तयार हुन्छन्।



Add comment