Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


विचार विचार आत्मनिर्भर शिक्षक राम्रा शिक्षक!

आत्मनिर्भर शिक्षक राम्रा शिक्षक!

E-mail Print PDF
User Rating: / 5
PoorBest 
Article Index
आत्मनिर्भर शिक्षक राम्रा शिक्षक!
Page 2
Page 3
Page 4
All Pages

-डा दिपु शाक्य

Dr._Dipu_Shakya

विद्यालयले शिक्षाको मूल उद्देश्य नै विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउनु हो।

किताबी तथा घोकन्ते ज्ञानमा आधारित शिक्षाले आत्मनिर्भर हुन सघाउँदैन। आत्मनिर्भर विद्यार्थी पैदा गर्न शिक्षक पनि आत्मनिर्भर प्रकृतिका हुनुपर्छ। शिक्षकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उनीहरूका संघ–संस्थाले बेलाबेलामा विद्यालय नै बन्द र हड्ताल गर्ने गरेका छन्। तर शिक्षकको आधारभूत दायित्व अर्थात् राम्रोसित पढाउन सक्षम आत्मनिर्भर शिक्षक तुल्याउनतिर भने खासै ध्यान गएको पाइँदैन।

को हो त आत्मनिर्भर शिक्षक? आत्मनिर्भर शिक्षक त्यो हो, जसले हरेक विद्यार्थीका आवश्यकता, चाहना, क्षमतालाई बुझछ; कक्षाको गुणात्मक विकास गर्छ। विद्यालयको सामूहिक विकासमा योगदान पुर्‍याउँछ; अनि यी कार्यहरू कसरी पूरा गर्ने भनेर आफैँले खोज्छ; खोज्न सक्षम हुन्छ।

राम्रो तालिम नपाएकोले आफ्नो दायित्व वहन गर्न सकिनँ भनेर शिक्षकले भाग्न पाउँदैन। आफ्ना विद्यार्थी/कक्षाको आवश्यकता तथा समस्या बुझन शिक्षक आफैँ सक्षम हुनुपर्छ। कक्षाको लागि आवश्यक तयारी र अनुसन्धान शिक्षक आफैँले गर्नुपर्छ। कक्षाका हरेक समस्या सुल्झाउन आफैँ अग्रसर हुने जिम्मेवार शिक्षकबाट मात्रै विद्यार्थी, कक्षा र विद्यालयको गुणात्मक विकास सम्भव हुन्छ। तर कसरी गर्ने त यस्ता तयारी, अनुसन्धान र प्रयासहरू? कसरी बन्ने त आत्मनिर्भर शिक्षक?

यस लेखमा शिक्षकलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने स्वायत्त पेशागत विकास (self regulated professional development) का केही तरिकाहरू राख्ने प्रयास गरिएको छ। स्वायत्त पेशागत विकास भन्नाले शिक्षक आफैँले आफ्नो पेशागत विकासका लागि गर्ने ज्ञान आर्जन बुझिन्छ। जसका लागि न सरकारको मुख ताक्नुपर्छ, न त धेरै लगानी नै गर्नुपर्छ। अमेरिकी शिक्षाविद् क्रिस्टोफर क्लार्कको भनाइमा स्वायत्त पेशागत विकास निम्न कारणले महत्त्वपूर्ण छः १. नचाहने मान्छेलाई जबर्जस्ती कसैले सिकाउन सक्दैन। २. सबै शिक्षकमा आ–आफ्ना विशेषता हुन्छन्, त्यसैले सबैलाई एउटै किसिमको तालिमले काम दिँदैन। ३. राम्रा शिक्षकहरू आत्मनिर्भर भई स्वायत्त पेशागत विकासमा लाग्छन् भन्ने कुरा धेरै अध्ययनले पुष्टि गरेको छ।

१. कसरी बन्ने आत्मनिर्भर?

विद्यार्थी र कक्षाको आवश्यकता तथा समस्या बुझने र त्यसको गुणात्मक विकास गर्न सक्ने व्यक्ति शिक्षक नै हो। एउटा शिक्षकले सबै कुरा राम्रोसँग पढाउन सक्छ भन्ने हुँदैन। त्यसैले आफ्नो कमी–कमजोरी पहिल्याई त्यसको समाधान गर्ने प्रयास शिक्षकले निरन्तर रूपमा गर्नुपर्छ।

शिक्षकले के बुझनुपर्छ भने, क्षमतामा विविधता भए पनि कुनै पनि विद्यार्थीले राम्रोसँग बुझन नसक्नुको मूल कारण चाहिँ शिक्षक नै हो। कुनै पनि सक्षम र आत्मनिर्भर शिक्षकले आफूले किन राम्रोसँग पढाउन र बुझाउन नसकेको हो, फर्केर हेर्छ। यस्तो गर्ने बेलामा उसले सोच्छः विद्यार्थीले किन र कसरीनबुझेको हो, के नबुझेको हो; त्यसलाई कसरी बुझाउँदा बुझला? पाठ मात्र होइन, आत्मनिर्भर शिक्षकले के गर्दा विद्यार्थी जिज्ञासु बन्छ? कसरी विद्यार्थीले ज्ञानको खोजी आफैँ गर्छ? भन्ने कुराहरू पनि नियाल्छ।

स्वायत्त पेशागत विकास गर्नको लागि आफूलाई चाहिएको कुरा के हो, ठम्याउन सकेमा समस्याको समाधान खोज्न सजिलो पर्छ। नयाँ शिक्षकहरूलाई जान्नुपर्ने कुराहरू धेरै हुने भएकोले कहाँबाट शुरु गर्ने भन्ने कठिनाई पनि पर्न सक्छ। तर स–साना कुराबाट शुरु गरी निरन्तरता दिएमा अवश्य पनि आत्मविश्वास बढ्नेछ।

२. स्वाध्यायन

स्वायत्त पेशागत विकासको प्रमुख विधि हो, स्वाध्यायन। शिक्षकले सिकाउनको लागि गर्ने कक्षा तयारीको लागि स्वाध्यायन त गरिरहेको हुन्छ नै, साथसाथै आफ्नो कार्यविधि उकास्न स्वाध्यायनलाई कसरी प्रयोग गर्ने हो, विचार पुर्‍याउनुपर्छ। शिक्षकको स्वाध्यायनलाई वस्तुनिष्ठ र परिणामदायी तुल्याउन तलका केही तरिकाहरू अपनाउन सकिन्छः



Add comment