-डा दिपु शाक्य

विद्यालयले शिक्षाको मूल उद्देश्य नै विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउनु हो।
-डा दिपु शाक्य

विद्यालयले शिक्षाको मूल उद्देश्य नै विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउनु हो।
-डा. विद्यानाथ कोइराला
उल्टिँदो सुई
शिक्षकले घोक्यौं। घोकायौं। अहिले बुझ्यौं― यो संज्ञानवादी (cognitivist) सोच रहेछ।
-डा. विद्यानाथ कोइराला
बिकाइएको गुणस्तरीयता
तीन महिनामा फरर अङ्ग्रेजी! ट्यूसन केन्द्रको गुणस्तर हो यो। हाम्रा सल्लाहकारहरू। हाम्रा स्कूलका सानहरू। हाम्रा भौतिक सुविधाहरू। निजी स्कूल तथा कलेजको गुणस्तर हो यो। मेरा छोराछोरीले एक महिनामा अक्षर चिने। गीत गाउन जाने। अभिभावकको गुणस्तर हो यो।
-केदारभक्त माथेमा
शिक्षाको 'गुणस्तर'लाई परिभाषित गर्न र नाप्न सहज छैन, किनभने यो मूर्त कुरा होइन। यसमा हरेक मानिसका बुझाइ र हेराइ फरक हुनसक्छन्।
विद्यालय तहको शिक्षाको स्तरको कुरा गर्दा, कुनै पनि विद्यार्थीले आफूलाई मनमा लागेका कुरा प्रभावकारी तरिकाले लेख्न र बोल्न तथा पढ्न सक्ने क्षमता राख्छ
भने उसले स्तरीय शिक्षा पाएको मान्न सकिन्छ। पढाइ, बोलाइ र लेखाइको प्रभावकारिता नै स्तरीय शिक्षाका आधारभूत लक्षण हुन्। त्यस्तै गणितीय समस्या समाधान गर्ने क्षमता पनि गुणस्तरको एउटा मापक हुनसक्छ।
हाम्रा विद्यालयले घोकाउने काम अझै बन्द गरेका छैनन्। अहिले पनि त्यही विद्यार्थी राम्रो मानिन्छ, जसले पाठ्यपुस्तकमा लेखिएको कुरा हुबहु कण्ठ गरेर लेख्न वा भन्न सक्छ। शिक्षकले पनि अक्सर जाँचमा आफूले लेखाएको नोट वा पाठ्यपुस्तक हुबहु उतार्न सक्ने विद्यार्थीलाई बढी नम्बर दिन्छन्। शिक्षकले त विद्यार्थीलाई पाठ्यपुस्तकमा भएको भन्दा भिन्न तरिकाले त्यही कुरा अभिव्यक्त गर्न पो अभिप्रेरित गर्नुपर्छ। विद्यार्थीले आफैँ भनोस् न, “सर मलाई यो अनुच्छेद त्यति राम्रो लागेन।” जवाफमा शिक्षकले भनोस्, “तिमी योभन्दा राम्रो र भिन्न तरिकाले कसरी प्रस्तुत गर्छौ, ल लेखेर देखाऊ त!” यसरी शिक्षकले विद्यार्थीलाई मौलिक र सृजनशील तरिकाले सोच्न र प्रस्तुत गर्न सिकाउनुपर्छ। शिक्षकको काम विद्यार्थीलाई अरूले निर्माण गरिदिएको ज्ञान र सीपको उपभोक्ता मात्र बनाउने होइन, बरु उसलाई आफैँ नवीन ज्ञानको निर्माण गर्ने, नयाँ सृजना गर्ने र भिन्न तरिकाले सोच्न सक्ने बनाउने हो; आत्मविश्वासी र स्वाबलम्बी मानिसको निर्माण गर्ने हो।
शिक्षाले केटाकेटीहरुलाई एउटा संरचनामा मात्र बस्न र हेर्न सिकाउने होइन, कुनै पनि कुरालाई धेरै पक्षबाट हेर्ने, विश्लेषण गर्ने र आफै निर्णयमा पुग्ने ज्ञान र सीप दिनुपर्छ । शिक्षाको काम मुलत: विद्यार्थीहरुलाई उनीहरुको मस्तिष्कलाई सधै खुला राख्न सिकाउने हो , ताकि उसले हरबखत चौतर्फी हेर्न सकोस्
अलि गहिराइमा पुगेर भन्नुपर्दा, विद्यार्थीले मौलिक र सृजनशील तरिकाले सोच्छ कि सोच्दैन? विश्लेषण गर्ने क्षमता राख्छ कि राख्दैन? आइपरेका समस्याको राम्रोसित समाधान गर्न बहुउपायहरू खोज्न सक्छ कि सक्दैन? छिटो र समयमै निर्णय गर्छ कि गर्दैन? समयलाई अधिकतम महत्त्व दिन्छ कि दिँदैन? यस्ता कुराहरू पनि शिक्षाको गुणस्तरसित जोडिएर आउँछन्। यदि हाम्रा केटाकेटीमा यस्ता क्षमता छन् भने उनीहरूले पाएको शिक्षा गुणस्तरीय भयो, छैन भने गुणस्तरीय भएन भनेर स्वतः बुझिन्छ। त्यसैले, यस्ता जीवनोपयोगी सीपहरू (हे.एक्काइसौं शताब्दीका सीप शिक्षक मासिक वैशाख २०६८ पृ.२२) ले पनि शिक्षाको गुणस्तरलाई अभिव्यक्त गर्छन्।
- डा. दिपु शाक्य
शिक्षा केका लागि? विद्वानका लागि कि व्यावसायिकका लागि? यी दुवैमा समान कुरा हो, आत्मनिर्भरता। शिक्षा हासिल गरेपछि मानिसले ज्ञान आफैं आर्जन गर्न सक्छन् कि सक्दैनन्? नयाँ सीप आफैं सिक्न सक्छन् कि सक्दैनन्? यस्ता कुरा आत्मनिर्भरतामा भर पर्ने कुरा हुन्।
निजी स्कूलले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई नकार्न सकिँदैन । सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयमा दिइने शिक्षा गुणस्तरीय रहेको कुरा एसएलसी परीक्षाको परिणामले देखाउँछ । एसएलसीमा विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तीर्ण हुने परीक्षार्थीहरूमध्ये ८० प्रतिशत विद्यार्थी निजी विद्यालयका हुने गर्छन् । तथापि देशका २० प्रतिशत विद्यार्थी मात्रै निजीमा अध्ययनरत छन् ।