| Article Index |
|---|
| तालिमबाट सिकें पढाउन |
| ‘बालबालिकाका लागिमौरीको रानो जस्तै’ |
| All Pages |
-चेतन अधिकारी
मैले २०४८ सालमा झपाको घैलाडुब्बास्थित त्रिपुरासुन्दरी अङ्ग्रेजी बोर्डिङ स्कूलबाट पढाउन थालेको हुँ । त्यहाँ पढाउँदा म निकै मिहिनेत गर्थें । तर, जति मिहिनेत गरे पनि सफलता भने थोरै हात लाग्यो । वार्षिक परीक्षामा २५ प्रतिशत विद्यार्थीले मात्र राम्रो गरे । अरू ५० प्रतिशत मुश्किलले पाससम्म भए । २५ प्रतिशत त फेलै भए । आफूले पढाएकै विषयमा यस्तो नतिजा आएपछि म दुखित भएँ । तर आफूले मिहिनेत गरेरै पढाएकोले छात्रछात्रा नै कमजोर होलान् भन्ने पनि ठानेँ ।
अलिकति दोष अभिभावकलाई पनि दिन मन लाग्यो । तैपनि दिक्क भएर मैले त्यो स्कूल छाडेँ ।
हाम्रो देशलाई जिम्मेवार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठ र चरित्रवान जनशक्ति चाहिएको छ, अल्छे र अराजकको जमात होइन । हामी शिक्षकहरू मात्रै आफ्नो कर्मप्रति इमानदार भई बालबालिकालाई गुणस्तरीय र नैतिक शिक्षा दिन तम्सिने हो भने देशलाई अहिलेको जर्जर अवस्थाबाट मुक्त गर्न सकिन्छ ।
२०४९ सालको शुरुमा दीपज्योति विद्या मन्दिर कप्तानबाडी; अर्जुनधारामा शिक्षक बन्न पुगेँ । त्यो विद्यालयले मलाई एक वर्षको न्यु एप्रोच टु प्राइमरी एजुकेशन सिस्टम सम्बन्धी तालिमको मौका दियो । मलाई भुटानी शिक्षक टीएन नेपालले प्रशिक्षण दिनुभएको थियो । यो तालिम हाम्रो परम्परागत प्रणाली भन्दा बिल्कुल फरक थियो । तालिमपछि आफूलाई रुपान्तरण गर्न निकै कठिन भयो । तर, तालिममा सिकेको विधि लागू गरेर पढाउन थालेपछि स्कूलको नतिजामा उत्साहजनक सुधार भयो । अन्तिम परीक्षामा ८० प्रतिशत विद्यार्थी विशिष्ट, १५ प्रतिशत प्रथम, ५ प्रतिशत दोस्रो श्रेणीमा उत्तीर्ण भए । आफूले पढाएको विषयमा यस्तो नतिजा आएपछि म उत्साहित भएँ र आफ्नो कामप्रति आत्मविश्वास जाग्यो । शुरुमा पढाएका विद्यार्थीको नतिजा राम्रो नहुनुमा विद्यार्थी; अभिभावकको होइन, मैले अपनाएको शिक्षण विधिको कमजोरी रहेछ भन्ने बुझेँ ।
तीन वर्ष दीपज्योति स्कूलमा पढाएपछि पथरीको अन्नपूर्ण विद्यालयका प्रअ प्रभाकर खरेलको आग्रहमा म त्यहाँ गएँ । मेरो नौलो तरिकाको शिक्षण विधिबाट छात्रछात्रा मात्र होइन, त्यहाँका अभिभावक पनि खुसी भए । विद्यार्थीहरूको भर्ना दर पनि बढ्यो । त्यसपछि हरिकुल मावि सुरुङ्गाका प्रअ चन्द्रप्रसाद मैनालीको अनुरोधमा मैले उहाँको स्कूलमा काम गर्न थालेँ । त्यो स्कूलको पनि परिणाम उल्टियो । उत्कृष्ट नतिजा हासिल गरेका कारण अभिभावकहरू ज्यादै खुसी भए । वार्षिक उत्सवको दिन अभिभावकहरू मिलेर सम्मान पनि गरे । त्यही विद्यालयका शिक्षक अखिल कोइरालाको छोरी आस्था कोइरालाले राम्रो नतिजा प्राप्त गरेको खुसीमा एक सेट सुट उपहार पनि दिनुभयो ।
हरिकुलमा तीन वर्ष पढाएपछि म सुरुङ्गाकै झपा मेरिगोल्डमा गएँ । नेपाली माध्यममा पढाइ हुने त्यस विद्यालयको पनि स्थिति सुधार भयो । त्यो स्कूलमा मेरो पनि लगानी थियो । तीन वर्षपछि स्कूलबाट लगानी झिकेर घर बनाएँ । त्यसपछि अभिभावकहरूको अनुरोधमा आफ्नै गाउँमा चण्डिका नाम गरेको नयाँ स्कूल खोलेँ । शुरुमै नर्सरीमा भर्ना हुन १०० जना विद्यार्थी आए । तर माओवादीको विद्यार्थी सङ्गठनले ६ महिना चल्न नपाउँदै मेरो स्कूल बन्द गरिदियो । ती विद्यार्थीलाई मैले हरिकुलमा लगेर भर्ना गरेँ र त्यहीँ पढाउन थालेँ । चार बर्ष काम गरेपछि मलाई सुरुङ्गाकै चम्पा फ्लावर्स बोर्डिङ स्कूलबाट काम गर्न प्रस्ताव आयो । जहाँ अहिले पनि पढाइरहेको छु । यो स्कूललाई स्थापित गराउन म प्रयत्नशील छु । म आउँदा कक्षा ५ सम्म जम्मा १०० जना विद्यार्थी थिए । अहिले ३५० जना पुगेका छन् ।
न्यु एप्रोच टु प्राइमरी एजुकेशन सिस्टम बाट पढाउँदा शिक्षकले अनिवार्य पाठयोजना बनाउनुपर्छ । कक्षामा शैक्षिक सामग्री लिएर जानुपर्छ । शिक्षकले नानीहरूलाई कुटपिट गर्न मिल्दैन । म कहिले पनि लौरो लिएर कक्षामा जान्नँ । प्रत्येक दिन नैतिक शिक्षाको एउटा नयाँ कथा सु नाउँ छु । यसरी पढाउँदा नानीहरूलाई क्लास वर्क धेरै गराउनुपर्छ । अनि गृहकार्य चाहिँ थोरै दिइन्छ । कक्षामा खेल, छलफल र प्रश्नोत्तर विधि अवलम्बन गरेर कक्षाकोठालाई पूरै अन्तरक्रियात्मक र जीवन्त तुल्याइन्छ । नानीहरू सिकाइको समग्र प्रक्रियामा सक्रिय हुन्छन् र शिक्षक पनि उनीहरूसँगै सक्रिय हुनुपर्छ । यो विधि अनुसार
पढाउन ‘पढपढ नानी भन्दै खैनी मोल्ने’ अल्छे शिक्षक काम लाग्दैनन् । मेरो विधिमा शिक्षण गर्दा कक्षामा अलि हल्ला चाहिँ हुन्छ । तर, यसले सिकाइमा ठूलो उपलब्धि हासिल गर्न सहयोग पुग्छ । यसरी पढाउँदा अभिभावकले सोचेभन्दा बढी मात्रामा छात्रछात्राको क्षमता विकास हुन्छ । अभिभावकहरू पनि खुसी हुन्छन् र स्कूलको ‘गुडविल’ फैलिन्छ, शिक्षकले प्रशंसाको भारी बोक्नुपर्छ । विद्यार्थीहरू स्कूलमा अनुशासित र नियमित हुन्छन् ।
हाम्रो देशलाई जिम्मेवार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठ र चरित्रवान जनशक्ति चाहिएको छ, अल्छे र अराजकको जमात होइन । हामी शिक्षकहरू मात्रै आफ्नो कर्मप्रति इमानदार भई बालबालिकालाई गुणस्तरीय र नैतिक शिक्षा दिन तम्सिने हो भने देशलाई अहिलेको जर्जर अवस्थाबाट मुक्त गर्न सकिन्छ ।
र अभिभावक ‘यो मास्टरले विद्यार्थीलाई नकुटेर बिगा¥यो, तह लगाउन सकेन’ पनि भन्थे । तर, यस्ता गुनासाहरूलाई विद्यार्थीले हासिल गरेको उपलब्धिले ओझेलमा पार्न थाल्यो र पहिला गुनासो गर्नेहरू नै मेरो कामको प्रशंसा गर्न थाले । मेरो विचारमा शिक्षकले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र दिएर पुग्दैन । उनीहरूलाई नैतिक र व्यावहारिक शिक्षा पनि दिनुपर्छ । आज हाम्रो देशका विद्यार्थीहरू आन्दोलन गर्ने, भिडन्त गर्ने, स्कूल कलेजमा आगजनी गर्ने, शिक्षक कुट्ने कृत्यमा अग्रसर देखिन्छन् । उनीहरूमा सामाजिक र नैतिक चेतनाको अभाव भएकाले नै यस्तो भएको हो । नैतिक आचरणसम्बन्धी शिक्षाले देश र समाजमा बढ्दै गएको अराजकता कम गर्न सहयोग पुग्छ । हाम्रो देशलाई जिम्मेवार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठ र चरित्रवान जनशक्ति चाहिएको छ, अल्छे र अराजकको जमात होइन । हामी शिक्षकहरू मात्रै आफ्नो कर्मप्रति इमानदार भई बालबालिकालाई गुणस्तरीय र नैतिक शिक्षा दिन तम्सिने हो भने देशलाई अहिलेको जर्जर अवस्थाबाट मुक्त गर्न सकिन्छ । यो विधिमा विद्यार्थी लाई उत्तर लेखाइ दिने र रटाउने काम हुँदैन । त्यसैले उनीहरू साधारण छात्रछात्राको तुलनामा बढी सृजनशील हुन्छन् र रमाइलोसँग सिक्छन् । फलतः उनीहरूको पढाइको जग बलियो हुन्छ ।
अहिले अधिकांश स्कूलमा कक्षा ३, ४ र ५ का विद्यार्थीको पढाइ कमजोर छ । यो शिक्षण विधि कम्तीमा कक्षा ५ सम्म लागू गरिएमा यस्तो समस्या स्वतः हट्छ । मैले पढाउने विधिमा विद्यार्थीलाई समूहमा विभाजित गरेर निरन्तर प्रतिस्पर्धा गराइन्छ । उनीहरूले शिक्षक दे खेर भाग्नु वा लुक्नु पर्दैन । गृहकार्य नगरेको कारणले गाली वा सजायको भागिदार बन्नुपर्दैन । उनीहरूले आफूले पढाइमा भोगेका समस्या शिक्षकसँग निर्धक्क राख्न सक्छन् ।
मैले यो विधि लागू गर्दा शुरुमा थुप्रै समस्या भोगें । जस्तैकक्षामा हल्ला हुँदा प्रिन्सिपलले ‘कम्प्लेन’ गर्ने गर्थे । सानानानीहरू समेत मसँग नडराएको देख्दा अभिभावकहरू विद्यार्थीलेशिक्षक (मलाई) हेपेको ठान्थे । लौरो नबोक्दा कतिपय शिक्षक र अभिभावक ‘यो मास्टरले विद्यार्थीलाई नकुटेर बिगा¥यो, तहलगाउन सकेन’ पनि भन्थे । तर, यस्ता गुनासाहरूलाई विद्यार्थीलेहासिल गरेको उपलब्धिले ओझेलमा पार्न थाल्यो र पहिला गुनासोगर्नेहरू नै मेरो कामको प्रशंसा गर्न थाले ।
मेरो विचारमा शिक्षकले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रदिएर पुग्दैन । उनीहरूलाई नैतिक र व्यावहारिक शिक्षा पनिदिनुपर्छ । आज हाम्रो देशका विद्यार्थीहरू आन्दोलन गर्ने, भिडन्तगर्ने, स्कूल कलेजमा आगजनी गर्ने, शिक्षक कुट्ने कृत्यमाअग्रसर देखिन्छन् । उनीहरूमा सामाजिक र नैतिक चेतनाकोअभाव भएकाले नै यस्तो भएको हो । नैतिक आचरणसम्बन्धीशिक्षाले देश र समाजमा बढ्दै गएको अराजकता कम गर्नसहयोग पुग्छ । हाम्रो देशलाई जिम्मेवार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठर चरित्रवान जनशक्ति चाहिएको छ, अल्छे र अराजकको जमातहोइन । हामी शिक्षकहरू मात्रै आफ्नो कर्मप्रति इमानदार भईबालबालिकालाई गुणस्तरीय र नैतिक शिक्षा दिन तम्सिने हो भनेदेशलाई अहिलेको जर्जर अवस्थाबाट मुक्त गर्न सकिन्छ ।


