Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


विविध अनुशिलन

अनुशिलन

तालिमबाट सिकें पढाउन

E-mail Print PDF

-चेतन अधिकारी

मैले २०४८ सालमा झपाको घैलाडुब्बास्थित त्रिपुरासुन्दरी अङ्ग्रेजी बोर्डिङ स्कूलबाट पढाउन थालेको हुँ । त्यहाँ पढाउँदा म निकै मिहिनेत गर्थें । तर, जति मिहिनेत गरे पनि सफलता भने थोरै हात लाग्यो । वार्षिक परीक्षामा २५ प्रतिशत विद्यार्थीले मात्र राम्रो गरे । अरू ५० प्रतिशत मुश्किलले पाससम्म भए । २५ प्रतिशत त फेलै भए । आफूले पढाएकै विषयमा यस्तो नतिजा आएपछि म दुखित भएँ । तर आफूले मिहिनेत गरेरै पढाएकोले छात्रछात्रा नै कमजोर होलान् भन्ने पनि ठानेँ ।ramkumartamang