Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


विविध नेपाल अध्ययन लाभैलाभका स्रोत: परम्परागत ज्ञान र सीप

लाभैलाभका स्रोत: परम्परागत ज्ञान र सीप

E-mail Print PDF
User Rating: / 1
PoorBest 
Article Index
लाभैलाभका स्रोत: परम्परागत ज्ञान र सीप
Page 2
All Pages

-डा.तीर्थबहादुर श्रेष्ठ

दक्षिण अफ्रिकाका केही आदिवासीहरू आफ्नो भोक मार्न

एकप्रकारको सिउँडी चपाउने गर्दथे। यता आधुनिक समाजमा अतिभोजनका कारण हुने अस्वाभाविक मोटाइले गर्दा कुरुप महिला र पुरुषको सङ्ख्या दिनानुदिन बढ्दैथियो। त्यसैले मोटोपन हटाउने औषधिको खोजमा अध्ययन र अनुसन्धान पनि हुँदैथियो। यसैबीच; हुडिया सिउँडी (Hodia Cactus) नामक त्यो बिरुवासम्बन्धी अफ्रिकी आदिवासीहरूको ज्ञान विस्तारै वैज्ञानिक जगतमा पुग्यो। अन्ततः भोक नलाग्ने या खाने रुचि घटाउने औषधीय गुण हुडिया सिउँडीमा प्राप्त भयो। नयाँ औषधि बन्यो। भोकले भौंतारिएका मानिसले भोक मार्न पत्ता लगाएको बुटी अतिभोजनका सिकार बनेका रोगीहरूको निम्ति औषधि बन्यो।

सन् १९९२ मा सम्पन्न जैविक विविधतासम्बन्धी विश्व महासन्धिको प्रावधान अनुसार; रैथाने जातिका परम्परागत ज्ञान, औषधोपचारका लोकपरम्परा तथा विभिन्न सांस्कृतिक सम्पदाको आधारमा निर्माण हुने व्यापारिक वस्तु वा सेवाबाट आर्जन हुने लाभको यथोचित बाँडफाँड गर्नु/गराउनुपर्ने हुन्छ। सोही प्रावधान अनुरुप हुडु सिउँडीबाट प्राप्त औषधिको लाभ दक्षिण अफ्रिकाका सान समुदायका बासिन्दाहरूमा बाँडफाँड भएको समाचार सार्वजनिक भएको छ। जैविक विविधतासम्बन्धी उक्त महासन्धि हुनुभन्दा पहिले यस्तो व्यवस्था थिएन। पश्चिम अफ्रिकी देशमा पाइने कोला नामक बिरुवाको गेडा चपाइरहँदा स्वादिष्ट चुइङ गम (Chewing Gum) को आनन्द आउने कुरा त्यहाँका आदिवासीबाट युरोपेली अनुसन्धाताहरूले सिके। त्यसैबाट आधुनिक चकलेट निर्माण भयो। त्यसैले स्वीस वा फ्रान्सेलीहरू चकलेटलाई शोकोला भन्छन्। कोलाको बियाँको स्वादिष्ट गम र क्याफेन लगायत अरू रासायनिक पदार्थको आनन्द दिने महँगा–महँगा चकलेटबाट प्राप्त लाभ भने पश्चिम अफ्रिकाका ती जनजातिसम्म पुग्न सकेन। त्यही कोला कालान्तरमा 'कोकाकोला' नामको प्रसिद्ध पेयपदार्थमा पनि प्रयोग भयो। तर स्थानीयवासीले केही लाभ प्राप्त गर्न सकेनन्।sketch_tirth_bahadur_copy1

कोकाकोलामा प्रयोग हुने अर्को बुटी कोका दक्षिण अमेरिकी राष्ट्र पेरुका आदिवासीहरूको मौलिक सम्पदा थियो। त्यहाँ पनि भोक, प्यास र विशेष गरेर थकाइ मेटाउन कोकाको पात चपाउने चलन थियो। कोकालाई पेयपदार्थ लगायत अरू धेरै व्यापारिक उत्पादनहरूमा प्रयोग गरेर बहुराष्ट्रिय कम्पनीले थुप्रै लाभ प्राप्त गरे। तर त्यो लाभ कहिल्यै पेरु पुगेन। कालान्तरमा त्यही कोका पात लागू पदार्थ कोकेन को प्रमुख स्रोतमा परिणत हुन पुगे। कानुनले कोकेनको प्रयोगमा बन्देज लगायो। सँगै कोकाकोला निर्माता कम्पनीले 'कोका–कोला' तथा 'कोक' लाई ट्रेडमार्कका रूपमा दर्ता गरी त्यसको प्रयोगमाथि कानुनी एकाधिकार प्राप्त गरे। कोकाकोला को बोटलको डिजाइनमा समेत पनि सोही कम्पनीको एकाधिकार स्वीकारिएको छ। कोकाकोलाको बोटलको आकार कोलाको दानाको आकारमा आधारित छ। कोला वनस्पति अफ्रिकी राष्ट्रको हो तर व्यापारिक प्रयोगको एकाधिकार अमेरिकी कम्पनीको नाममा स्थापित छ।



Comments  

 
0 # balsunmoon rajbhanda 2011-09-23 16:15
dr tirtha bahadur shrestha 's article is excellent.
each issue of sikchhak must contain his article
for refreshment to both teacher and student.

likewise i request you to include buddha's teachings in each issue about one page since
buddha is the greatest teacher to the mankind.

thank you with best wishes with compassion
Reply | Reply with quote | Quote
 

Add comment